यो वर्षको भूकम्प सुरक्षा दिवस साँखुमा मनाइने

172

पुस २६,
काठमाडौं । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको भूकम्प सुरक्षा दिवस यो वर्ष काठमाडौको बज्रयोगिनी नगरपालीकोको साँखुमा मनाइने भएको छ । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भूँइचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा गठित १९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो । माघ २ गते आइतबार दिनको ११ः५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको शुभारम्भ गर्नेछन् । पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार उपसमितिका संयोजक मणिराम गेलालले जानकारी दिए । कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिनेछ । प्रदर्शनीमा २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले जानकारी दिए ।