Thursday, October 8, 2026
Home Uncategorized कालोमोसो दल्नेलाई जेल पठाएको विरोधमा आज शैक्षिक हड्ताल

कालोमोसो दल्नेलाई जेल पठाएको विरोधमा आज शैक्षिक हड्ताल

191

पुस २६,
काठमाडौं । लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका समयमा उनलाई कालोमोसो दलेका थिए । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरेको छ । अदालतमा मुद्दाको तारिक लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चले जारी गरिएको आदेशमा भनिएको छ, निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने कालोमोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो ।त्यस्तै नेकपा (माओवादी)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले १८ दिनसम्म हिरासतमा राखेर एक महिनाको जेल सजाय सुनाएको विरोधमा र तुरून्त रिहाइको माग गर्दै पुस २६ गते शैक्षिक हडतालको आयोजना गरेको छ । भ्रष्टहरुलाइ कार्वाही दण्डीत गरी निरुत्साहित गर्नु पर्नेमा राज्य स्वयं त्यस्ता गतिविधिको संरक्षणमा मात्र होइन आफै लागेको देखिन्छ भन्दै संगठनका उपत्यका संयोजक लोकेश विश्वकर्माले आज शैक्षिक हड्ताल गरेको बताएका छन् । उनले भने ‘हाम्रो संगठनका केन्द्रिय सदस्य एवं भ्रष्टाचार बिरोधि आन्दोलनका प्रकाश शाही र चन्द्र बुढा बिगत १८ दिन देखि प्रहरी हिरासतमा राखेर एक महिनाको लागि जेल चलान गरीकोमा हाम्रो विरोध छ ।’ सर्वोच्चको निर्णय हामिलाई आक्रोशित मात्र बनाएको छैन यो लडाइँमा डटेर लाग्ने थप आत्माबल प्राप्त भएको समेत उनले बताए ।