नेपालमा रहेको भारु अझै सटही हुन सकेन,समय सीमा सकियो :

392

मीन बहादुर पण्डित,
भारत अनेक तरिकाले नेपालमा आफ्नो कुटिल चाल चल्दै आएको छ | नेपाली राजनीतिज्ञहरुले भारतीय चाल नबुझ्नु र बुझेर पनी आफ्नो फाइदाको लागी भारलाई साथ दिनु नै बर्तमान अस्थिर नेपालको एकमात्र कारण हो | नीकै लामो कुटील प्रयास बाट भारतले सिक्किम खान सफल भयो, हो त्यही प्रयास नेपालमा पनी गर्दैछ | त्यसका लागी हरेक तरिकाले नेपाललाई कमजोर बनाउनु उसको रणनीति हो |
केहि समय अगाडी भारतले आफ्नो लगानी नभएको नेपाली आयोजनाहरु बाट बीजुली नकिन्ने घोषणा गर्यो | यस बाट नै प्रस्ट हुन्छ भारतको नेपाल प्रतीको नियत | नेपाली नदीनालाहरु हडपेर आफ्नो लगानीमा मात्र आयोजना बनाउने र नेपालको सम्पूर्ण नदीनालाहरु आफ्नो नियंत्रणमा पार्ने रणनीति हो | लगानी उसको अनी प्रयोग पनी उसले नै गर्ने हो भने जाबो अलिकति लेबी वा ट्याक्सका लागी हामी हाम्रो नदीनाला किन भारतलाई सुम्पिने ? कमिसन खोरहरु खबरदार !!! बरु हामी आफै उत्पादन गरेर रेल, यातायात, उद्द्योग सबै बीजुली बाटै चलाऊ, खाना पनी इंडक्सन चुलो प्रयोग गरेर बीजुली बाटै पकाऊ | त्यसो गर्दा तेल र ग्यास किन्ने अरबौ पैशा जोगिन्छ र रोजगारी पनी सृजना हुन्छ | अनी मात्र नेपाल धनि हुन सक्छ | विगतमा चीनले बनाइदिएको हिमाल सीमेंट लगाएत डेर दर्जन ठुला उद्द्योगहारु बंद हुनुमा भारतीय हात रहेछ भन्ने कुरा उसको यस्तै नियत र क्रियाकलापबाट प्रस्ट हुन्छ | आफ्नो लगानी नभएको नेपाली बीजुली नकिन्ने धूर्त छिमेकीको समान चाँही हामी किन किन्ने ? अब नेपाललाई चाहिने सम्पूर्ण समान नेपालमै उत्पादन गर्ने बेला आइसक्यो | भारत आफ्नो चाँही सक्दो बेच्ने अनी नेपालको चाँही सकेसम्म केहि पनी नकिन्ने पोलिसीमा छ | स्मरण रहोस भारतले नेपाललाई दया मायाले कुनै समान दिएको होइन, यो त खरबौको ब्यापार गरेर अरबौ कमाउने मेलो हो |
प्रसंग हो नेपालमा रहेको भारू सटहीको, एदी भारतले नेपालमा रहेको भारू साटन आलटाल गर्छ वा साटन चाहँदैन भने यो ठुलो अन्याय हो, अनी नेपाल र नेपालीहरु प्रति दादा गिरी पनी हो | किनकी नेपालमा रहेको भारु भारतमा काम गर्ने नेपालीहरुले पाएको तलब हो, मेहेनतको कमाई हो, ब्यापार ब्यवसाय गरेर कमाएको धन हो | अनि इन्डियन आर्मीमा जीवन माया मारेर कमाएको पेन्सन हो | नेपाली ब्यापारी संग भएको भारु भारतमा सामान बेचेर आएको पैशा हो | नेपाल घूमन आएका भारतीय पर्यटकले होटलमा बसे बापत, खाना खाए बापत र किनमेल गरे बापत दिएको भारु पैशा हो | त्यशैले नेपालमा भएको भारु कशैले सित्तैमा दिएको कागजको खोस्टा होइन | यो हाम्रो बिसुध्द परिश्रमको कमाई हो | त्यस कारण नेपालमा रहेको भारतीय रुपिया साट्न मिल्दैन भनेर पनी भन्न मिल्छ र ? भारु साट्न नमिल्ने कुनै पनी कारण कारण जायज हुन सक्दैन |
भारतमा नेपाली रुपैया सजिलै नचल्ने हुनाले नेपालमा भएको भारु नचल्दा नेपाली ब्यापारीहरु भारतबाट समान आयात गर्न ठुलो समस्या परेको छ | यसले दुवै देशको व्यापारमा समेत अशर गर्नेछ | नेपाली ब्यापारीहरुलाई डलर भन्दा भारु तिरेर समान किन्न सजिलो पर्ने हुनाले सर्बसाधारण बाट भारु पाए पनि साटेर राख्ने गर्दथे, ताकि सजिलै समानको भुक्तानी दिन सकियोस | त्यशैले नेपालमा भएको भारु कुनै भस्टचार गरेर कमायको पैशा होइन | किनकि भारतमा भस्टचार हुने ठाउ सम्म नेपालीको पहुच छैन | नेपाल भारत बीच खुल्ला सिमाना छ र सिमानाका नेपालीहरुले भारतबाट समान किनी रहनु पर्ने हुनाले भारु राख्नु स्वभाबिक पनि हो | नेपालमा भारु गैर कानुनि संग्रह हुने सम्भाबना निकै कम छ | नेपालमा रहेको भारु हाम्रो श्रम परेको पैशा हो | त्यशैले भारतले साट्नै पर्छ | नत्र ठुलो अन्याय हुनेछ | यो अनुरोध गरि रहनु पर्ने कुरा होइन | जँहा सम्म भारतमा कालो धनको सबाल छ, त्यो उसको आन्तरिक मामिला हो | बिगतको भारत सरखारले भस्टचार निराकण गर्न नसकेको परिणाम हो | त्यशमा नेपालमा भएको भारुको कुनै दोष छैन र भारु राख्न्ने नेपालीको पनि दोष छैन |
बिगतमा नेपालमा पांच सय र हजारको भारु चल्दैन थियो तर भारतीय प्रधान मन्त्रि मोदीको नेपाल भ्रमण पछि मोदीको सहमतिमा नै नेपालमा भारु खुल्ला गरियको हो | तर अहिले नेपालमा भारु मोदी कै पोलिसिले गर्दा चल्दैन भने यो समस्यालाइ भारत सरखारले सम्बोधन गर्न वा समाधान निकाल्न कर लाग्छ | खुला सिमाना हुनाले केहि चिनाजानका व्यापारीले नेपाल भारु भित्राएर नेपाल तिरबाट सटही गर्ने कोशिस गर्न सक्नेछन् | त्यसको लागि त् भारत सराखारले नेपाल आउने सीमामा चेक जांच गरोस वा समातोस |
एदि कुनै नेपाली संग ठुलो परिणाममा भारु भेटियमा त्यसको कारण र श्रोत खोजियोस, गैर कानुनि देखीय नसाटीयोस | तर नेपालमा रहेको सम्पूर्ण भारु साट्न मिल्दैन भनेर भारत सरखारले भन्छ भने त्यो अपरिपक्को निर्णय हो | यसले दुइ देशको समन्ध र बिस्वाशमा नराम्रो अशर गर्नेछ | एदि नेपाल सरखारले बास्तबिक कुरा भारत सरखारलाई बुझाउन सक्यो भने भारतले साट्दीन भन्ने छैन र यो मुद्दाको समाधान सजिलै निस्कने छ | र भारतको आन्तरिक कारणले गर्दा नेपालमा पर्न गएको असुविधा र समस्याको निराकरण गर्नु भारत सरखारको कर्तब्य पनि हो | यो कुरामा भारत सरखार इमान्दार हुनै पर्छ |
बेला बखतमा नेपालमा पनि नक्कली भारतीय मुद्द्रा समातिदै आएको छ | चाए त्यो भारत बाट आएको होस् वा तेश्रो देशबाट, नेपाल सरखारले पक्रिन र नियन्त्रण गर्न सहयोग गरेकै छ | तर नेपालमा रहेको अधिकंश भारु बैधानिक नै हो | त्यशैले भारु सटिनु पर्छ र भारत सरखारले यसमा पूर्ण सहयोग गर्ने पर्छ |
हाल दुबई यु. ए. इ.