यसरी मनाइयो ‘नो ट्राउजर्स डे’

274

एजेन्सी । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवा(युवती यत्रतत्र थिए । खासमा उनीहरु ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै रहेछन् । लन्डनका भूमिगत ट्रेन स्टेसनहरुमा आइतबार बिहान अनौठो दृष्य देखियो ।
न्यूयोर्क शहरको सार्वजनिक यातायात प्रणालीमा केही मुठ्ठीभर व्यक्तिहरुले सन् २००१ देखि सुरु गरेको उरन्ठेउलो अभियानले अहिले अन्तर्राष्ट्रिय दिवसको रुप लिएको छ । यही दिवस मनाउने क्रममा लन्डनमा पनि सयौं युवा(युवतीहरु चिसो मौसमलाई जिस्क्याउँदै अन्डरवेयर लगाएर सव वेमा यात्रा गरे । उनीहरुले माथि ज्याकेट, कोट, टोपी, स्कार्फ लगायत न्यानो कपडा लगाएका थिए भने खुट्टामा जुत्ता(मोजा लगाएका थिए । अन्ययात्रुहरुले उनीहरुलाई अचम्भित भएर हेरिरहे ।
यस दिवसमा भाग लिन चाहनेहरुलाई आयोजकले खुल्ला आमन्त्रण गर्दै सेन्ट्रल लन्डनस्थित किङ्स क्रस स्टेसनमा बोलाएका थिए । त्यहाँ भेला भएर तलको लुगा फुकालेपछि उनीहरु विभिन्न स्टेसनमा छरिए । बिहान तीन बजेदेखि नै मानिसहरु लुगा फुकालेर ट्रेन स्टेसनमा पस्न थालेका थिए ।