निजि कम्पनिको पानी प्रति जार ५० खानेपानी संस्थानको ५२ रुपैयां पर्ने

787

फागुन २६,
काठमाडौं । अहिले बजारमा निजि कम्पनिको पानी पूपत जार खुद्रा मुल्य ४५ देखि ५० रुपैयां पर्छ । तर सरकारी स्वामित्वमा रहेको खानेपानी संस्थानले बजारमा ल्याउन लागेको पानीको जार ५२ रुपैया पर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको छ ।खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ ।
संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो ।
संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९काउखाली० लाई दिएको छ । संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ ।