Wednesday, October 7, 2026
Home Uncategorized निजि कम्पनिको पानी प्रति जार ५० खानेपानी संस्थानको ५२ रुपैयां पर्ने

निजि कम्पनिको पानी प्रति जार ५० खानेपानी संस्थानको ५२ रुपैयां पर्ने

843

फागुन २६,
काठमाडौं । अहिले बजारमा निजि कम्पनिको पानी पूपत जार खुद्रा मुल्य ४५ देखि ५० रुपैयां पर्छ । तर सरकारी स्वामित्वमा रहेको खानेपानी संस्थानले बजारमा ल्याउन लागेको पानीको जार ५२ रुपैया पर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको छ ।खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ ।
संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो ।
संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९काउखाली० लाई दिएको छ । संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ ।