Sunday, September 27, 2026
Home Uncategorized नेताहरुले समस्याको विन्दु पहिल्याउन सकेनन्ः मन्त्री कार्की

नेताहरुले समस्याको विन्दु पहिल्याउन सकेनन्ः मन्त्री कार्की

424

भक्तपुर । संञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालका राजनितिकर्मीहरुले समस्याको साझा विन्दु पहिल्याउन नसक्दा मुलुकमा यस्तो अवस्था आएको बताएका छन् ।
क्रियाशिल पत्रकार मंञ्च भक्तपुरको पाँचौं वार्षीक साधारण सभाका बोल्दै मन्त्री कार्कीले भने ‘नेता यहाँ भन्दा गतिला संसारमा कहि छैनन् तर काम गर्न सकेनन्’ ।
नेपालका जनता अनुसारको नेता भएको भन्दै मन्त्री कार्कीले भने ‘जस्तो जनता छन् त्यस्तै नेता छन् ’ ।
नेपालीहरुमा दल, धर्म र जातको नाममा विभाजन हुने क्रम बढेको तर जोडिने मानसिकता भने विकाश हुन नसकेकोमा खेद प्रकट गरेका छन् ।
मन्त्री कार्कीले पत्रकारहरुले राजधानीको अवपरका दुर्गम बस्तीलको राम्रो क्ुरालाई प्रथामिकता दिएर कलम चलायनु पर्ने समय आएको बताएका छन् ।
पत्रकारहरुल अब सकारात्मक समाचार लेख्नको लागि आफ्नो कलम चलाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
पत्रकारले राजधानीको सिहदरवार र रत्नपार्क मात्रमा उभिएर होइन अन्यत्रको पनि समाचार लेख्ने समय आएको छ ।
नेगेटिभ समाचार मात्र होइन पोजेटिभ समाचार लेखेर जनमासमा चेतना फैलाउन संञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, एमाले उपाध्यक्ष बचन देउजा, माओवादी केन्द्रका डिपी ढकाल लगायतले मुलुकको विकाशकोलागि संञ्चार जगतले सकारात्मक भुमिका खेल्नु पर्ने बताएका छन् ।
उक्त अवसरमा क्रिशासिल पत्रकारीता पुरस्कारबाट नेपाल टेलिभिजनका सोम शर्मा बजागाई, नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पत्रकार दिपक लामिछाने लगायतलाई सम्मान गरीएको छ ।