भारत चीन र पाकिस्तानसँग लड्न तयार

217

२० पुस,
नयाँदिल्ली । भारतका नवनियुक्त सेना प्रमुख विपिन रावतले आतंकवादीहरुको अड्डामा पुनः सर्जिकल अट्याक गर्न भारतीय सेना तयार रहेको बताएका छन् । उनले आवश्यक परेमा चीन र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा लड्न पनि नहिच्किचाउने बताए । रावतले भने, ‘पाकिस्तानविरुद्ध र सर्जिकल स्ट्राइकको सम्भाबनालाई इन्कार गर्न सकिँदैन । सर्जिकल स्ट्राइकको अर्थ हो एक स्पष्ट सन्देश ।’ उनले यो पनि भनेका छन् कि सीमा क्षेत्रमा शान्ति र सौहार्द कायम राख्न यदि जरुरी परेमा भारतीय सेनाले आफ्नो ताकत देखाउने छ । भारतीय समाचार च्यानल एनडीटीभीसँग कुरा गर्दै भने, ‘भारतीय सेना एकसाथ दुबै मोर्चामा पाकिस्तान र चीनसँग युद्धको लागि तयार छ तर बेइजिङसँग टकरावको सट्टा सहयोगमा ध्यान दिनु जरुरी छ ।’ उनले उत्तरी सीमाक्षेत्रको वास्तविक नियन्त्रण रेखा ९एलएसी०मा सौहार्दपूर्ण सम्बन्ध कायम राख्नका लागि विशेष रणनीति बनाइएको जानकारी पनि दिए ।