बस खोंचमा खस्यो, १६ जनाको मृत्यु

40

नयाँ दिल्ली । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।

कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।