अछामको दलित बस्तिमा खाने पानीको अभाब

453

लालबहादुर विक
अछाम । अछाम जिल्लाको रामारोशन गाविस वडा नम्वर २ र ३ को दलित बस्तिमा खाने पानीको अभाब बढ्दै गएको छ । बिगत लामो समयदेखी खानेपानीको अभाव भोग्दै आईरहेका त्यहाँका उभोक्ता खानेपानी आयोजना जिर्ण बन्दा दिनानुदिन समस्यामा पर्दै आएका हुन । हिउँद याम सुरु भए संगै खानेपानीको अभाव थप बढ्दै गएको स्थानिय बासिन्दा प्रकाश टमट्टाले बताए । करिव २०० घरधुरी रहेको उक्त दलित बस्तिमा खाने पानिको परिपूर्तिका लागि बिगत २०५२ सालमा खानेपानी आयोजना सञ्चालन गरिएको भएपनि उक्त योजना जिर्ण बन्दै जाँदा समस्या चुलिएको अर्का वडा नम्बर ३ का मन्दिर परिवारको भनाई रहेको छ । खानेपानी योजना अछाम र कालिकोटको सिमाना टोट्के भन्ने ठाँउबाट आउने गरेको र हाल सबै संरचना जिर्ण बन्दै जाँदा पानी नै नआँउने समस्या रहेको छ । पाईप ठाउँ ठाउँमा फुटेको कारण बिभिन्न ठाँउमा पानि चुहिने गरेकोले पानि कम आउन थालेको हो । पानि कम आउनाले स्थानियहरु धेरै समय लाईन बस्नु पर्ने समस्या रहेको छ । पछिल्लो समय खानेपानीको समस्या निक्कै बढी भएपछि स्थानिय महिला तथा बालवालिका करिव एक घण्टाको पैदल दुरीमा रहेको पैयाँ धारा भन्ने ठाँउको पानी पिउन बाध्य बनेको स्थानिय भिके टमट्टाको भनाई रहेको छ । खानेपानी मर्मत तथा सुधारको लागि कोही कसैको पनि ध्याँन जाँन नसकेको स्थानियवासिको गुनासो रहेको छ । यसैगरी श्री यसोदा उच्च माध्यामिक विद्यालयमा अध्यायनगर्ने बिद्यार्थि पनि प्रभावित हुने गरेका छन् । खानेपानीको समस्याले श्री यसोदा उच्च माध्यामिक विद्यालय नेटाकोटमा अध्ययन गर्ने बिद्यार्थि पनि प्रभावित बनेका छन । पानीको अभाबका कारण विद्यार्थीलाई पिउन र दिशापिसाब गर्न पनि निके कठिन भएको स्कुलका विद्यार्थीको गुनासो छ । विद्यालयमा चर्पि भए पनि पानिको अभाबका कारण दिशापिसाब गर्न जंगल जानु पर्ने बाध्यता रहेको छ । हामिलाई प्यास लाग्दा गाउँमा मागेर खानुपर्छ नभए सधै यस्तै बस्न पर्ने बाध्यता रहेको स्कुलकी छात्रा भगवति शाहले बताइन् ।