कलाकार फुयाँलको अन्तिम विदाई

252

२० पुस,
काठमाडौँ । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण मंगलबार ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो ।
सत्यमोहन जोशीले लेखेको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँल नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका थिए ।अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रज्ञा प्रतिष्ठानमा उनको शव राखिएको थियो ।उनलाई श्रद्धाञ्जली दिन कलाकारदेखि रंगकर्मीहरुको उपस्थिति रहेको थियो ।