स्थानीय निर्वाचनको बाधक एमाले भएको राणाको आरोप

505

पुस ५ ।
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले स्थानीय निर्वाचनको बाधक भएको आरोप लगाएका छन् । रफत संचार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले भने ‘एमालेकै नेतृत्वमा ५ नं. प्रदेशमा भएका आन्दोलनमा हाम्रो पार्टीको सहानुभूती छैन ।’ सरकारले एमाले वा मधेसवादी मध्ये एक दुईलाई साम्य पारे पनि अर्को पक्षले स्थानीय निकयको निर्वाचन हुन नदिने राणाको भनाई छ । राप्रपासंग सल्लाह नगरी वर्तमान सरकारले ल्याएको संविधान संशोधन प्रस्तावका केही बुदाँमा पार्टीको असहमती रहेको समेत राणाको भनाई रहेको छ । कार्यक्रममा बोल्दै राणाले भने ‘संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत छैनौं । ’राप्रपाले पहिला नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेको बताउदैँ राणाले मधेसबा जनताको जायेजमाग राज्यले पुरा गर्नु पर्ने बताए । हिन्दुराज्य घोषणाकोलागि पार्टीले महाधिवेशन पछि आन्दोलनको गर्ने भन्दै राणाले त्यसकोलागि जनमत संग्रह गर्नु पर्ने बताएका छन् । ‘पार्टीको एकतापछि करीव ६० जिल्लामा एकिकरण भइसकेको र बाकीँ जिल्लामा छिट्टै एकिकरण हुने छ,’ राणाले भने ।