छोराले गरे बुवाको हत्या

150

फागुन २२,
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–४ गैरीपांमाका १९ वर्षका सकुल राईले कुटपिट गरी ४३ वर्षका बुवा बालकृष्ण राईको हत्या गरेका छन् । घरयासी विवाद हुँदा सकुलले बेलुका बुवा बालकृष्णलाई भाटाले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । बालकृष्णको उपचारका क्रममा खाँदबारी अस्पतालमा शनिबार ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले बताउनुभयो । हत्यापछि फरार भएका सकुललाई प्रहरीले गाउँमा लुकेर बसेको अवश्थामा शनिबार पक्राउ गरिसकेको छ ।