साइबेरियामा रुसी विमान दुर्घटना

166

photo_verybig_129476
४ पुस,
काठमाडौं । रुसी रक्षा मन्त्रालयसँग सम्वद्ध विमान साइबेरियाको याकुचियामा दुर्घटना भएको छ । दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएको रक्षा मन्त्रालयले बताएको छ । यसअघि २७ जनाको मृत्यु भएको रिपोर्टहरु आएको थियो । विमानमा ३२ यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान रुसको टिक्सी नजिकै दुर्घटनामा परेको हो । खराब मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ ।