आजदेखि यात्रामा फोहर फ्याँक्ने र थुक्नेलाई तीन महिना कैद

274

HDRtist HDR - http://www.ohanaware.com/hdrtist/
HDRtist HDR – http://www.ohanaware.com/hdrtist/

काठमाडौं । आज शुक्रबारदेखि सरकारले गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहर फ्याँक्नेलाई कारवाही गर्ने भएको छ । गाडीबाट जथाभावि फोहोर फाल्दा सहरसँगै सडकको सौन्दर्यमा कमी आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो नयाँ नियम लागु गरेको हो । अब कसैले गाडीबाट सडकमा फोहोर फ्याँके वा थुके पाँच सय देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गरिने फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए । सार्वजनिक गाडीले फोहोरमैलाका लागि गाडीभित्रै डस्टबिन राख्नु पर्ने छ । गाडीमा यात्रा गर्दा सार्वजनिक ठाउँ तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ जथाभावी फाल्दा वातावरणमा समेत प्रभाव परेकाले यस्तो नियम लागू गरेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै गाडीमा संकलन भएको फोहोरलाई गाडीवालाले आफ्नो अन्तिम गन्तव्य वा बिसर्जन विन्दुमा फाल्ने व्यवस्था गर्नेगरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनेछन् । सार्वजनिक बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतका यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो । एक महिनासम्म अभ्यासका लागि छुट दिइनेछ तर त्यसपछि पनि अटेर गरी फोहोर फाले कारवाही हुनेछ ।