गाबिसस्तरिय वाल भेलासम्पन्न

342

लालबहादुर विक
अछाम । स्थानिय योजना तर्जुमा प्रक्रिया अन्तर्गत अछामको शान्तडा गाबिसमा गाबिस स्तरिय वाल भेला सुक्रवार सम्पन्न भएको छ । वाल संञ्जालका अध्यक्ष सृजना खत्रिको अध्यक्षतामा भएको भेलाले वाल विवाह न्युनिकरण, गुणस्तरिय शिक्षा प्रर्बद्धन, छाउपडी कुप्रथाको अन्त्य, पुर्ण जन्मदर्ता गाविस भएको घोषणा गर्ने र गाबिसलाई वालमैत्रि स्थानिय शासन अवलम्बन गाबिस घोषणा र वाल श्रम न्युनिकरण गर्ने योजना तयार पारिएको छ । तयार पारिएको सबै योजनालाई सफल पार्नका लागि आर्थिक सहयोग तथा पारित गराउनका लागि आगामि गाउ परिषदमा पेश गर्ने निर्णय गरिएको छ । वाक नेपालका ऐकिकृत परियोजना अधिकृत दिलिप बोहराको प्रमुख आथित्यमा भएको कार्यक्रम गाविस स्तरिय वाल सञ्जालको आयोजना तथा जिल्ला विकास समीती ीन्ऋम्ए कार्यक्रम र वाक नेपालको सहयोगमा भएको थियो । वाल संञ्जालका सचिव तपेन्द्र रावलले संञ्चालन गर्नु भएको कार्यक्रमको सहजिकरण ीन्ऋम्ए सामाजिक परिचालक महता रावल र वाक नेपालका सामाजिक परिचालन अधिकृत धर्मा जैसिले गर्नु भएको थियो ।