वाईसीएलले गाउँलाई कुटे

269

काभ्रे । वाईसीएल जिल्ला नेता राजेन्द्र घलानको नेतृत्वको समूहले काभ्रेको दुर्गम गाविस डाँडापारीमा मंगलबार राति आक्रमणमा परी ८ जना स्थानीय गम्भिर घाइते भएको स्थानियले बताएका छन् । गोकुले गाविस वडा नम्बर ४ कुपिन्टारमा रातिको समयमा लाठीसहित दजनौंको संख्यामा गएका वाईसीएल कार्यकर्ताले आक्रमण गरेको गाउँले घाइतेह भएका हुन् । आक्रमणबाट पूर्ववडाअध्यक्ष खड्गबहादुर मोक्तान, सिंहविर मोक्तान, दिलमाया मोक्तान, कृष्णमाया मोक्तान गम्भिर घाइते भएका छन् । दर्जन भन्दा धेरै घरहरुमा क्षति पुगेको र रातभर जंगलमा बसेर ज्यान जोगाएको लामाले बताए । घटना लगत्तै खबर पाए पनि गोकुलेमै रहेका प्रहरी घटनास्थलमा जान सकेनन् । घटनास्थलमा बुधवार विहान प्रहरी पुग्दा आक्रमणकारी फरार भइसकेका थिए । केही दिनअघि जात्रामा स्थानीय दुई युवा समूहबीचको झगडाले राजनीतिक रुपमा लिएको प्रारम्भिक जानकारी आएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी नविन राईले बताए । कुटाइ खानेहरु एमाले समर्थक रहेको उनले बताए । केहि दिन अघि जात्रामा भएको नाचमा केटाकेटीहरुको कुटपिटका विषयलाई लिएर वाईसीएलका कार्यकर्ताहरुले आक्रमण गरेको स्थानीय जनक लामाले बताए । माओवादीले एमाले कार्यकर्ताहरुलाई छानी–छानी आक्रमण गरेको र महिलामाथि यौन दुर्व्यवहार समते भएको एमालेको आरोप छ । एमालेले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।