सर्वसाधरणलाई सेवा दिन प्रहरीमा नागरीक सहायता कक्ष

175

police-photo
मंसिर २९ ।
भक्तपुर । प्रहरीमा कार्यालयमा आउने सर्वसाधरणलाई छिटो छरीतो सेवा दिने उद्देश्यले महानगरीय प्रहरी वृत्त ठिमीमा सुविधा सम्पन्न नागरीक सहायता कक्षको स्थापना गरीएको छ । नागरीक सहायता कक्षबाट प्रहरी बाट प्रदान हुने सेवा सुविधाहरु छिटो छरितो तवरले हुने महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम बाबु ओलियाले बताए । आन्तरिक श्रोत र प्रहरी श्रमदान गरी कुल दुई लाख पचास हजारको लागतमा सो नागरीक सहायता कक्षको निमार्ण गरीएको हो । उक्त कक्ष कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम बाबु ओलियाको विशेष सक्रियतामा नागरीक सहायता कक्षको स्थापना गरीएको छ । नव निर्मित नागरीक सहायता कक्षको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख प्रहरी उपरीक्षक किरण राणाले उद्धघाटन गरेकी छिन् ।