लोक सेवाले माग्यो ५ सय शाखा अधिकृत

307

lok-sewa-aayog-nepal
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ शाखा अधिकृतको लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाका लागि दखास्त आह्वान गरेको हो । आयोगले सबै सेवामा खुला र समावेशी गरी पाँच सय चार शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । खुला तर्फ दुई सय ७४ तथा दुई सय ३० पद छ । व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो । आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ । अनलाइन तथा आयोगका क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय तथा जिल्ला हुलाक कार्यालयबाट निवेदन बुझाउन सकिनेछ । http://www.psc.gov.np