बोल्टको एक ओलम्पिक स्वर्ण खोसिने

237

एजेन्सी । जमैकन धावक उसेन बोल्टले आफ्नो एक ओलम्पिक स्वर्ण पदक फिर्ता गर्नु पर्ने भएको छ ।
जमैकन टिममेट निस्का कार्टर डोपिङ टेष्ट पोजेटिभ भेटिएपछि बोल्टको स्वर्ण खोसिएको हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गत वर्ष लिएको ४५४ जनाको स्याम्पलमा कार्टरको पनि थिए । र, प्रतिवन्धित पदार्थ भेटिएको छ ।
बेइजिङ ओलम्पिक २००८ मा जमैकाले ४ गुणा १०० मिटरमा स्वर्ण जित्दा कार्टर पनि टिममा थिए ।
३० वर्षयी बोल्टले रियो ओलम्पिकमा ट्रिपल ट्रिपल पुरा गरेका थिए । उनले २००८ र ०१२ का साथै रियो ओलम्पिक २०१६ मा पनि १०० मिटर, २ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।