केपी ओली म्युजिक भिडियोमा देखिँदै

300

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्युजिक भिडियोमा देखिने भएका छन् ।
केही दिनअघि आफ्नै जीवनीमा बन्न लागेको फिल्म ‘रातो सूर्य’मा हिरो बन्ने पक्कापक्की गरेका ओली अब म्युजिक भिडियोमा पनि देखिन लागेको एमालेका एकजना कार्यकर्ता सौगात बाँनियाले बताएका छन् ।
‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ । झुक्दै नझुक्ने नेपालको छोरो,’ उनले भनेका छन् । ओली राष्ट्रिय भाव बोकेको म्युजिक भिडियोमा देखिन लागेका हुन् । ओलीले म्युजिक भिडियो खेल्दै गरेको एउटा तस्वीर पनि बाहिरिएको छ । जसमा उनी नेपालको झण्डा फहराउँदै हाँसिरहेका छन् । -dainiknepal