कक्षाकोठाको छानो उडाउँदा पठनपाठन प्रभावित

213

फागुन २०,
म्याग्दी। हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ । बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन् । विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै पर्खालसमेत भत्किएको छ । हावाहुरीले ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहूँ, अर्मन लगायतका ठाउँका करिब ५० घरमा क्षति पु¥याएको छ । अर्मन–७ नेटामा दशवटा घरको छानो बस्न नहुने गरी उडाएको र ३५ वटा घरमा क्षति पु¥याएको त्यहाँबाट बल रोकाले जानकारी दिनुभयो । अर्मन र बाबियाचौरको सिमाना पुल्चोकस्थित एउटा घरको सबै छानो उडाएको छ । त्यसैगरी, बेनी नगरपालिका–३ गौश्वारामा पनि हावाहुरीले छवटा घरमा क्षति पु¥याएको चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । इन्द्रप्रसाद शर्मा, तीर्थ मल्ल र देवबहादुर खड्काको घर पूर्णरुपमा क्षति पुगेको छ ।