२ बर्षमा एक पटक पर्दामा आउने तर हंगामा नै मच्चाउने नायक हुन् आमिर खान । चलचित्रमा खुबै मिहिनेत गर्ने आमिरका चलचित्रले बक्स अफिसमा रेकर्ड बनाइरहेका छन् । उनै, आमिर अभिनित चलचित्र दंगलले ३ दिनमै सय करोडको क्लबलाई छोएको छ । रिलिजको पहिलो दिन शुक्रबार चलचित्रले २९.७८ करोडको कमाई गरेको थियो । शनिबार शुक्रबारको तुलानामा ५ करोड बढी कारोवार भयो । शनिबार चलचित्रले ३४.८२ करोडको व्यापार गरेको छ । बिदाको दिन चलचित्रको व्यापार शनिबारको तुलानामा करिब ८ करोड बढ्यो । उनले अभिनय गरेको चलचित्र ‘पीके’ले ३३० करोड माथिको व्यापार गरेको छ । आमिरलाई क्रिसमस फाप्दै पनि आएको छ । योसँगै आमिरका ५ वटा चलचित्रले सय करोडको आँकडा पार गरेका छन् । यसअघि उनी अभिनित ‘गजनी, थ्री इडियट्स, धुम ३, पीके’ले सय करोड कमाएका थिए । आमिर खानले नै बलिउडमा सय, दुई सय र तीन सय करोडको सुरुवात गरेका हुन् । उनी अभिनित ‘गजनी’ले सबैभन्दा पहिला सय करोड कमाएको थियो । यस्तै, उनी अभिनित ‘थ्री इडियट्स’ले भारतमा सबैभन्दा २ सय करोडको कारोवार गरेको थियो भने सन् २०१४ मा रिलिज भएको ‘पीके’ले सबैभन्दा पहिला भारतमा ३ सय करोडको आँकडा छोएको थियो ।