पाकिस्तान र इजरायलबीच परमाणु युद्धको तनाव

298

एजेन्सी । एउटा झुठो समाचारले पाकिस्तान र इजरायलबीच परमाणु युद्धको तनावको स्थिति सृजना भएको छ । मंगलबार एडब्लुडी न्युजले गत डिसेम्बर २० मा इजरायली रक्षामन्त्री मोसे यालुनलाई उद्धृत गर्दै पाकिस्तानले सिरियामा आफ्नो सेना पठाए, ध्वस्त पारिदिने धम्की दिएको समाचार प्रकाशित गरेको थियो । ‘हामी उनीहरुलाई परमाणु हमला गरेर ध्वस्त पारिदिन्छौँ,’ यालुनलाई उद्धृत गर्दै लेखिएको छ । तर, यालुनले त्यसो भनेको कुनै प्रमाण भने छैन । उक्त समाचारको प्रतिक्रियास्वरुप पाकिस्तानका रक्षामन्त्री खावजा आसिफले आफ्नो आधिकारिक ट्वीटर एकाउण्टमा लेखे । उनले इजरायलमात्र परमाणु शक्ति भएको भनेर चेतावनी दिए । ‘इजरायली रक्षामन्त्रीले सिरियामा पाकिस्तानको भूमिकाको अनुमान गर्दै परमाणु प्रतिकार गर्ने चेतावनी दिएको छ । इजरायलले यो बिर्सेको छ कि पाकिस्तान पनि परमाणु शक्ति भएको राज्य हो,’ उनले डिसेम्बर २३ मा ट्वीटरमा लेखे ।