नेपाली फिल्म मेरो पैसा खोई ? लाईट कमेडी जनरामा बन्ने फिल्म नेपाली तथा हिन्दी दुबै भाषामा बन्नेछ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सौगात मल्ल र बर्षा शिवाकोटी लिड अभिनयमा रहने गरी लिड कलाकारको नाम सार्वजनिक गरिएको छ । फिल्ममा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लिड अभिनयमा हुनेछन् । यद्धपी अर्की एक लिड अबिनेत्री फाईनल हुन बाँकी रहेकोवलिउड निर्देशकसँग टिमअप गरेका निर्माता रोज राणाले बताए । उल्लेखित कलाकारसँगै फिल्ममा वलिउड अभिनेत्री जुही चावला, संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्नेछन् । मेरो पैसा खोइ? सागरको लागी डेब्यू फिल्म हुनेछ । लामो समयदेखि भारतमै बस्दै आएका उनले मुम्बईमा अभिनयको कक्षा लिएका थिए । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शर्मा स्वयमले लेखेका हुन् । त्यसलाई नेपालीकरण भने नेपाली फिल्म लेखक मौनता श्रेष्ठले गरेका हुन् । यस्तै फिल्ममा रहने कुल पाँच गीतको नेपालीकरण भने दयाराम पाण्डेले गरेका छन् । चन्द्र पन्तको एक्शन रहने फिल्मलाई हरी घले लामाले खिच्नेछन् । माघ १५ बाट फिल्म फलोरमा जानेछ ।फिल्मलाई काठमाडौं, पोखरा, बुटवल तथा मुस्ताङमा छायाँकन गरिनेछ ।