सबैको मिलन बिन्दु स्थानिय तहको निर्वाचन ः नायक

317

पुस ६,
भक्तपुर । कानुन न्याय तथा मन्त्री अजय शंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेशको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानिय तहको निर्वाचन भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता भनेको केन्द्र र प्रान्तको नभएर स्थानिय तहको निर्वाचन भएको बताए । मन्त्री नायकले भने सबैको मिलनु बिन्दु स्थानिय तहको निर्वाचन भएकाले मधशी मोर्चा र एमालेले आ आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्ने तर्फ लाग्नु पर्दछ । संसद अवरुद भइरहको अवस्थामा नेपाली निराश भएको बुझ्दै राष्ट्रिय पार्टीहरुको राष्ट्रिय भूमिका रहनु पर्ने भन्दै आवश्यक परे राष्ट्रको निकासका लागि राष्ट्रिय सहमतीको सरकार निमार्ण गरी निकास दिनु पर्नेमा नायकले जोड दिए ।