झोलुङ्गे पुल बनेपछि खुसीयाली

504

jholunge
लालवहादुर विक
छाम । अछामको भाँनाकोट र दैलेखको पिपलकोट जोड्ने झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुंगे पुलले स्थानियलाई ओहोर दोहोर गर्न मात्रै सहज नभएर आर्थिक र समाजिक विकासमा पनि टेवा पुग्ने छ । करीब १ सय २० मिटर लामो उक्त झोलुंगे पुल ४९ लाख लागतमा निर्माण गरिएको जनाईएको छ । लामो समयदेखि डुङगामा जोखिमपुर्ण यात्रा गरीरहेका स्थानिय नागरीक पुल निर्माण कार्य सम्पन्न भई आफ्ना जनप्रतिनिधीवाटै उदघाटन भएपछि निक्कै खुसी भएका छन । पुल भएपछि जुनसुकै बेलामा पनि ओहोर दोहोर गर्न सहज हुने कालेकाडाका स्थानिय मदनराज भाटले जानकारी दिए । सांसद भरत साउदले पुलको उद्घाटन गर्दै अछाम र कालिकोटको सिमा बिबाद टुङ्ग्याउनको लागी उच्चस्तरीय समिति बनाई समाधानको निकास खोज्नु पर्नेमा वताएका छन । कालेकाँडाको बिकासका लागि आफुले बिभिन्न क्षेत्रसंग पहल गर्ने र आफुु सदैब लागीपर्ने बताए ।