शंखरापुरका बिदुरले भक्तपुरमा गरे श्रीमतीको हत्या

54

भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु
भक्तपुर । भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । बुधबार राती भक्तपुर नगरपालिका वडा न.१० खरिपाटी ब्यारेक नजिकै भएको उक्त घटनामा उनिहरुका छोराछोरी समेत घाइते भएका छन् ।

काठमाडौ जिल्ला शंखरापुर नगरपालिका ६ घर भई भनपा १० बस्ने बर्ष ३५ को बिदुर विश्वकर्माले श्रीमती बर्ष ३० की सलिना तोलाङेलाई धारिलो खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । उक्त प्रहारबाट सलिनाको घटना स्थलमै मृत्यु भएको हो । बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
छोरा कृष र छोरी कृष्टिना विक घाइते भएकाले उनिहरुको भक्तपुर अस्पतालमा उपचाररत भईरहेको प्रहरीले जानकारी दिएको छ । यसबारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बतायो ।