Tuesday, September 22, 2026
Home Uncategorized सांसदको तलब भत्ता वृद्धिको विरोधमा आन्दोलन

सांसदको तलब भत्ता वृद्धिको विरोधमा आन्दोलन

313

ilam08-benupraj-bhattarai
काठमाडौं । सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । ‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन,’ अनेरास्ववियु अध्यक्ष नबिना लामाले भनिन्, ‘सांसदहरुको बृद्धि भएको तलब भत्ता कुनै हालतमा फिर्ता हुनुपर्छ ।’ उनले तलब भत्ता बृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताइन् । बैठकमा नेविसंघ, अखिल क्रान्तीकारी, अनेरास्ववियु लगायतका संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।