सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

240

headerसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा र्बिर्दया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्बन्धित शाखा प्रमुख, अरविन्द रेग्मीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयोे । जमुनि गा.वि.स मा सेवा संचालनका लागि स्थानीय व्यवसायी बिकाश अधिकारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकिङ्ग सभ्यता बढेको महशुस भएको छ ।