कतार गएकी युवतीको रहस्यमय मृत्यु

261

काठमाडौं । धापासीमा रहेको एसओएस मेनपावर मार्फत डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । २८ वर्षीय विन्दु कतारस्थित ‘एफ.एम.एम.’ नामक कम्पनीमा क्लिनरको काम गर्दै आएकी थिइन् । गत मङ्सिर २४ गते दिदीको रहस्यमय मृत्यु भएको खबर आएको जानकारी दिँदै भाइ गाविन्द थामीले भने, ‘दुई हप्ता भइसक्यो शव कतारमै अलपत्र छ, हाम्रो पहुँच नभएकाले स्वदेश ल्याउन कुनै पहल हुन सकेको छैन ।’ कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तलामा उनलाई मृत अवस्थामा भेटिएको भन्दै कतारबाट अप्सरा रायमाझीले विन्दुको परिवालाई खबर गरेकी थिइन् । गोविन्दका अनुसार विन्दुसँग उनका साथीहरु सिन्धुपाल्चोककी सुशीला बुढाथोकी र अप्सरा रायमाझी सँगै बस्दै आएका थिए । दोलखा सुष्पाक्षमावती माइती भएकी सुशीला बुढाथोकी र विन्दुको बीचमा भएको विवादका कारण उनको हत्या भएको परिवारले दाबी गरेका छन् । ‘