पोर्चुगलले पहिलोपटक युरोकपको उपाधि उचाल्यो, फ्रान्स पराजित

286

[R-slider id=”2″]
 
का12ठमाडौं, २७ असार । फ्रान्समा जारी युरोकपको फाइनल खेलमा युरोकपको उपाधि पोर्चुगलले उचालेको छ ।
चोटका कारण २३ औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियना रोनाल्डो रुदै बाहिरिएका खेलको ९० औं सम्म कुनै गोल हुन नसकेपछि अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०९ औं मिनेटमा एडरले पोर्चुगलका लागी गोल गरेपछि पहिलोपटक पोर्चुगलले उपाधि हात पारेको हो ।
यसअघि फ्रान्सका खेलाडी डिमीट्रि पायटले फल गरेपछि रोनाल्डोलाई चोट लागेको थियो । उनी चोटको उपचारपछि मैदानमा फर्केर पनि खेल्न नसकेका हुन् । पोर्चुगल रोनाल्डो बिना मैदानमा फ्रान्सका विरुद्ध खेलेको थियो ।
खेलमा अत्याधिक मौका फ्रान्सले सिर्जना गरेपनि गोल गर्न चुकेको थियो भने कयैंनपटक पोर्चुगलका गोलकिपरले राम्रो बचाउ गरेका थिए ।
युरोकपको गोल्डेन बुट भने फ्रान्सका लागी फ्रान्सका ग्रिजम्यानले पाएका छन् । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।