‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

60

काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् । फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ । मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् । ‘पानीफोटो’ साउन १३ गते रिलिज हुँदैछ ।