Tuesday, October 6, 2026
Home समाचार डुम्रे-मुग्लिङ सडकखण्डको बारेमा आयो यस्तो निर्णय

डुम्रे-मुग्लिङ सडकखण्डको बारेमा आयो यस्तो निर्णय

164

काठमाडौं । तनहुँ जिल्लाको डुम्रे-मुग्लिङ सडकखण्डमा मालबाहक र यात्रुबाहक दुबै खालका सवारी साधन चल्ने भएको छ। आँबुखैरेनी गाउँपालिका-४ साँखरमा लगातार वर्षाको कारण पहिरो जाँदा सडकखण्डमा क्षति पुगेको थियो। सडकमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मको लागि मालबाहक सवारी साधनलाई निषेध गरिएको थियो।

र साना यात्रुबाहक सवारी साधन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मको लागि मात्रै सञ्चालन हुने बताएको थियो। जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक विज्ञप्ति जारी गर्दै अबदेखि सबै सवारी साधन चल्ने जानकारी दिएको हो।

तर मुग्लिङ पोखरा सडकखण्ड निर्माणका लागि याम्प फाँट र घाँसीकुवा सडकखण्ड राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवगमन यसअघिकै सूचना बमोजिम बन्द हुने जनाएको छ। गत शुक्रबार साँखरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको थियो। सोही सडक निर्माण गर्न बाटो बन्द गरेको थियो।

BY- SETOPATI