भक्तपुर । भक्तपुरमा आज बिहान ट्रिपर र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार सुर्यबिनायक आदर्शचोक नजिक जगाती तर्फ जाँदै गरेको बा. ८९ प ७८७६ नं को मोटरसाइकल र सुर्यबिनायक तर्फ आउदै गरेको बा. ४ ख ५२९८ नं को ट्रिपर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।सो घटनामा...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा आज अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो ।...
काठमाडौं । संयम पुरी र आश्मा डीसी बिवाह बन्धनमा बाँधिने भएका छन् । रिल मात्र होइन, रियल लाइफमा पनि उनीहरुको जोडी जमिरहेको झण्डै १० वर्ष भयो । अब भने यी दुईले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने भएका छन् । आगामी मंसिरमा यी दुईले विवाह गर्न लागेका हुन् । अहिले दुवैजना अमेरिकामा छन् । संयमका बुवा तथा...
काठमाडौं । नेपालले विभिन्न देशबाट चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो ।सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड...
पोखरा । पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ ।आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प्रतिशत सहरीकरण बढ्ने गरेको आँकडा निकालिएको छ ।...
चितवन । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर...
काठमाडौं । काठमाडौं, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र।३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई दनुवार रहेका छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई...
काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई...
मोरङ । जिल्लाको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्।
कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेका हुन्।
मंगलबार साँझ भित्र कार्यपालिका बैठक चलिरहेको बेला उनले बाहिर पार्किङमा राखेको गाडी तोडफोड गरेका हुन्। प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी...
बीबीसी । क्याम्बोडियामा मेकोङ नदीमा भेटिएको ३०० केजीको एउटा स्टिङरे अहिलेसम्म स्वच्छ पानीमा फेला परेको सबैभन्दा ठूलो माछा भएको वैज्ञानिकहरूले बताएका छन्। यसअघि सन् २००५ मा थाईल्यान्डमा भेटिएको मेकोङ जायन्ट क्याटफिशको नाममा उक्त कीर्तिमान थियो। उक्त माछाको तौल २९३ केजी थियो। यद्यपि स्वच्छ पानीमा पाइने माछाबारे आधिकारिक अभिलेख वा डेटाबेस छैन।मेकोङ नदी जैविक विविधतामा सम्पन्न छ। तर बढी माछा...










