Tuesday, September 22, 2026
Home समाचार अध्यक्षका छोराले गाउँपालिकाको गाडीमा गरे तोडफोड

अध्यक्षका छोराले गाउँपालिकाको गाडीमा गरे तोडफोड

168
सांकेतिक तस्विर

मोरङ । जिल्लाको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्।
कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेका हुन्।
मंगलबार साँझ भित्र कार्यपालिका बैठक चलिरहेको बेला उनले बाहिर पार्किङमा राखेको गाडी तोडफोड गरेका हुन्। प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन्। मंगलबार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो। अध्यक्ष गच्छदारले आफ्नो छोराले गाडी तोडफोड गरेको स्वीकार्दै उनलाई गाउँपालिका बैठकले जे गर्छ, त्यही सजाय हुने बताए। उनीविरूद्ध उजुरी नआएको भन्दै प्रहरीले घटनामा चासो दिएको छैन।