काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका छन्। यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन्।आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि...
काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...
काबुल । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय...
रुपन्देही । तिलोत्तमा नगरपालिकामा कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले नेकपा एमालेमाथि आरोप लगाएपछि नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो । मंगलबारको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका थियो । तर एमालेबाट निर्वाचित सदस्यहरूले नगरपालिकाले संस्थागत रूपमै गल्ती सच्याउनुपर्ने अडान नछाडेपछि नगरसभा...
कास्की । जिल्लाको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दुःख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ ।जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पालिकाले उत्पादनमा आधारित कार्यक्रम सन्चालन गर्ने भएको छ ।साना व्यवसायीलाई रोजगार प्रबद्र्धन गर्न र सहुलियत...
बारा । १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका(७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका(१ बाट...
काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुनको भाउ ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला एक हजार...
धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।धनगढीको एलएन चोकमा धनगढी...
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री...
काठमाडौं । पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ ।इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख...










