Sunday, July 12, 2026
Home Blog Page 908
भक्तपुर । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मुल्य वृद्धि विरुद्ध आज अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीले बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । आम विद्यार्थी र श्रमजिवी माथी मुल्य बढाएर नेपाली जनताको ढाड सक्ने काम भएको छ अनेरास्ववियुको आरोप छ ।
भक्तपुर । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने बताएका छन् । नगरपालिकाको ११ औं अधिबेशनलाई विहिबार भक्तपुरमा सम्बोधन गर्दै नेता बस्नेतले भने “हाम्रो नगरपालिकाको जनसंख्या झण्डै १ लाख ३३ हजार छ, त्यो भनेको धरान उपमहानगरपालिका सरह हो । ”त्यसैले सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउन पर्ने सांसद बस्नेतको भनाई छ । “हामीले त्यसकोलागि आवश्यक...
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो ।बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।यो योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको...
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान...
काठमाडौं । कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई...
बारा । ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ ।किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप...
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या...
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...
काठमाडौं । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको...
टेक्सास । बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् । गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर डन म्याकलाफ्लिनले सो जानकारी दिएका हुन् । विद्यालय कहिले भत्काइन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन् ।‘मैले सुपरिटेन्डेन्टसँग विद्यालय भत्काउने विषयमा छलफल गरेको थिए ।...