Tuesday, September 22, 2026
Home अनौठो ३०० सय केजीको माछा भेटियो

३०० सय केजीको माछा भेटियो

98

बीबीसी । क्याम्बोडियामा मेकोङ नदीमा भेटिएको ३०० केजीको एउटा स्टिङरे अहिलेसम्म स्वच्छ पानीमा फेला परेको सबैभन्दा ठूलो माछा भएको वैज्ञानिकहरूले बताएका छन्। यसअघि सन् २००५ मा थाईल्यान्डमा भेटिएको मेकोङ जायन्ट क्याटफिशको नाममा उक्त कीर्तिमान थियो। उक्त माछाको तौल २९३ केजी थियो। यद्यपि स्वच्छ पानीमा पाइने माछाबारे आधिकारिक अभिलेख वा डेटाबेस छैन।

मेकोङ नदी जैविक विविधतामा सम्पन्न छ। तर बढी माछा मार्ने काम, बाँध र प्रदूषणले मेकोङको पारिस्थितिक प्रणाली जोखिममा परेको छ।
कुनै बेला लोप भएको ठानिएको यो माछा १०० वर्षसम्म बाँच्न सक्छ । तिब्बतबाट उत्पन्न भएको मेकोङ नदी चीन, म्यान्मार, थाईल्यान्ड, क्याम्बोडिया र भियतनाम हुँदै बग्छ। छ महादेशका नदी र तालमा भएका ठूला माछाबारे २० वर्ष अनुसन्धान गर्दा हामीले भेटेको यो सबैभन्दा ठूलो माछा हो,ू वन्डर्स अफ द मेकोङ नामक संरक्षण परियोजनाको नेतृत्व गर्ने जीववैज्ञानिक जेब होगनले भने।

उनका अनुसार उक्त माछा नै अभिलेखमा आएको विश्वभरिकै स्वच्छ पानीमा पाइनेमा सबैभन्दा ठूलो माछा हो। उक्त परियोजनालाई यूएसएडले आर्थिक सहयोग उपलब्ध गराएको छ। यो माछा फेला पर्नु र यसको अभिलेख राखिनु उल्लेखनीय छ। अनि अहिले विभिन्न चुनौती खेपिरहेको मेकोङ नदीमा भेटिनु आशाको एउटा दुर्लभ सकारात्मक सङ्केत हो,’ यूनिभर्सिटी अफ नेभाडाकी डा. होगनले भने।