काठमाडौँ– कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो ।सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार...
काठमाडौं । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो ।दुर्घट्नामा परी ज्यान गुमाउनेमा पाँचथर...
काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा...
जापान । टोकियो र टोकियो आसपासका क्षेत्रका नागरिकहरुलाई कम विद्युत प्रयोग गर्न सरकारले आग्रह गरेको छ। जापान सरकारले ३ करोड ७० लाख मानिसहरूलाई तापमानसँगै आपूर्तिमा असर पर्ने चेतावनी सहित बिद्युत कम प्रयोग गर्न आग्रह गरेको हो। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट...
काठमाडौं । देशैभरि मनसुन फैलिएसँगै मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदहरूले जानकारी दिएका छन्। मौसमविद् हिरा भट्टराईका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ।‘आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ’, मौसमविद् भट्टराईले भने, ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम...
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो।ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो। करिब ४५ वर्ष उमेरको...
भक्तपुर । नेकपा एमालेका नेता तथा एवंम सांसद महेश बस्नेतले अन्य देशमा भए अर्थमन्त्री जर्नादन शर्मालाई फाँसी दिइने बताएका छन् ।पार्टीको भक्तपुर जिल्ला कमिटीले आइतबार भक्तपुरमा आयोजना गरेको जननिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता बस्नेतले भने अन्य देशमा भए जनविरोधी गतिविधी गर्ने मन्त्रीलाई फाँसी दिन्छन् हाम्रो यहाँ कानुन नभएर मात्रै हो ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु भ्रष्टचारमा लिप्त भइसकेकाले...
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।आइतबार १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १०७७ पीसीआर तथा ६५३...
काठमाडौं । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको छ । ललितपुर महानगरपालिकाले पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ । पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीसँग भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको...
काठमाडौं । लोकदोहरीकी गायिका दिलमाया बिक शनिबार बिहान मृत फेला परिन्। सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्। उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्।मृत भेटिनु अघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १ः२० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा...










