Wednesday, September 23, 2026
Home स्वास्थ्य २९ जनामा कोरोना संक्रमण

२९ जनामा कोरोना संक्रमण

52

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

आइतबार १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १०७७ पीसीआर तथा ६५३ एन्टिजेन परीक्षण भएको छ।