काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् । असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५७ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ३५७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८५७ जनाको पिसिआर र एक हजार ५०० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार...
काठमाडौं । कुकरलाई डुलाउनु अपराध हो । घरबाहिर डुलाउन लगेको खण्डमा प्रहरीले जनावर जफत गर्छ भन्ने त्यसको धनीलाई गिरफ्तार। इरानको राजधानी तेहरानमा नागरिकको सुरक्षाका खातिर सार्वजनिक क्षेत्रमा घरपालुवा जनावरलाई प्रतिबन्ध लगाइएको प्रहरी अधिकारीहरूको भनाइ छ। ‘ऊ मलाई निकै मायालु तरिकाले हेर्छ। आफ्ना सुन्दर आँखाले मलाई बाहिर डुलाउन इशारा गर्छ। उसलाई बाहिर लाने हिम्मत म गर्न सक्दिँन। डुल्न जाँदा हामी...
काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो। यो एउटा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो।बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको...
तेहरान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन् । पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् ।भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए । युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय...
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता चलिरहेको छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।त्रिपक्षीय छलफल आजै...
काठमाडौँ । मुख्य ल्याण्डिङ गियरको पाङग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १ः२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ ।मंगलबार दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए । ‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङगरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका ती यात्रुले भने, ‘इन्जिनियरले पाङग्रा फेरेपछि...
सुर्खेत । कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरिदिएका छन् ।कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालिकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले पनि करारका कर्मचारी हटाएका छन् ।दैलेख गुराँस गाउँपालिका दैलेखको गत...
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले...










