काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन । सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय...
लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट...
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित...
काठमाडौं । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका...
महोत्तरी । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् । उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं । तर, हामी यस तथ्यबाट अगाडि बढिरहेका छौं कि रूसी अन्नको निर्यातका लागि हवाई डेलिभरीसम्बन्धी सबै प्रतिबन्धहरू हटाइनेछ ।’युक्रेनमा रूसी हमलाले गहुँ र अन्य अन्नको विश्वको...
नयाँ दिल्ली । भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो ।...
लन्डन । बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सिय पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए । उनलाई अहिले पनि ज्वरो आइरहेको छ ।...
काठमाडौं । आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बिहीबार...










