भक्तपुर । नेपाली काङ्ग्रेस र नेकपा माले परित्याग गरि नेकपा एमाले प्रवेश गरेका
छन् । आइतबार एमाले पार्टी कार्यालयमा नेपाल मालेको भक्तपुर जिल्ला कमिटीका सचिब हिमान्चल कार्की र काङ्ग्रेसका सुर्यबिनायक ६ न वडा सभापति राजेन्द्र त्वातीलगायत एक दर्जन नेताकार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेत , केन्द्रिय सदस्य सोम मिश्र, गोबिन्द दुलाल, भक्तपुर जिल्ला...
काठमाडौं । आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ ।दिउँसो देशभर बदली रहनेछ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ । सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ...
न्युयोर्क । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले...
काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गिरीले महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेललाई कारवाहीको माग गरेका छन् । आफूलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै उनले महासंघको केन्द्रीय समितिमा अध्यक्ष पोखरेललाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।विज्ञापन बोर्ड नेपालले गएको २१ जेठमा बुटवलमा आयोजना गरेको “विज्ञापन आचारसंहिता एवं राष्ट्रिय नीति सम्बन्धी अन्तरक्रियामा...
काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको...
काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमति विपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि...
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् । गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।सो सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश...
हेटौडा । नेपाल प्रेस युनियनको ९औँ राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो । झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन्...
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ ।बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
सिरहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा...










