Home Blog Page 854
पोखरा । नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको...
अर्घाखाँची । पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।अर्घाखाँचीको मालारानी गाउँपालिका- ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी...
काठमाडौं । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर...
लमजुङ । जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लाबासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जानेआउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् ।जिल्लावासीका लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस महिनाबाट लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता...
बेइजिङ । आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा  लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो ।सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो । न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक...
काठमाडौं । अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ०८ पैसा छ ।नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा सार्वजनिक गरेको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ, ४२ पैसा, बिक्रीमा १३० रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको...
लमजुङ । १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले बताए...
झापा । झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण  (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position) स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)   हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश...