अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

44
झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।