Sunday, June 21, 2026
Home Blog Page 81
काठमाडौं : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो।जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो। नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे।...
काठमाडौं : चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ। यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो। अर्कोतर्फ सरकारले...
इरानका भूमिगत आणविक केन्द्र ध्वस्त बनाउन बंकर बुस्टर बम र बी-१२ विमानको चर्चा राजनीतिको रथ जतिबेला जता पनि घुम्न सक्छ । मध्यपूर्वमा जारी इजरायल र इरानबीचको युद्ध त्यस्तै एउटा उदाहरण बनेको छ । कुनै बेला साख्खै सम्बन्ध भएका यी मुलुक अहिले युद्धमा होमिएका छन् । इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था...
गोदावरी : कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन्। स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको बताए। नाथ...
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताए। अग्रजहरूले बलिदानी दिएर ०७२...
काठमाडौं । नारायणघाट–बुटवलखण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो । खोलामा फसेका यात्रुहरूलाई सशस्त्र प्रहरी बलको उद्धार टोलीले उद्धार गरेलगत्तै बस खोलाले बगाएको हो । काठमाडौंबाट नेपालगन्ज गएको भे१ख ४०८५ नम्बरको नाइट बस राति पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोला पुगेको थियो तर, बिहीबार साँझदेखि पहिररहेको पानीका कारण विनयी खोलामा बाढी आएको थियो ।...
काठमाडौं : केही समय अघिमात्रै नेपाली बजारमा प्रवेश गरेको राइड सेयरिङ एप ‘याङ्गो’ले बोनस अफर ल्याएको छ। याङ्गोले दैनिक कम्तीमा १६ ट्रिप गरेमा चालकहरूले चार हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको हो। याङ्गोमा राइड सेवा गरिरहेका चालकहरूले दैनिक २५०० देखि ३ हजारसम्म कमाउने गरेको बताएका छन्। समय मिलाएर दैनिक १६ ट्रिप पूरा गरेपछि औसत तीनदेखि चार हजार रुपैयाँसम्म कमाइ हुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन मा गर्दै अवरोध गरेपछि उक्त कार्यक्रम कार्यसूचीबाट हटेको थियो। तर सभामुखले अन्य कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट...
काठमाडौं । अभिनेत्री मनीषा कोइराला कलाकारितामा जति उम्दा छिन्, उसैगरि प्राणी र प्रकृतिप्रति उनमा दयालु र करुणा भाव पनि छ । घरपालुवा जनावरप्रति उनको स्नेह कसैबाट लुकेको छैन । २०७८ सालमा उनले निकै माया गर्ने बिरालो ‘ओरियो कोइराला’ हरायो ।ओरियो हराएपछि मनीषाले लेखेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ । हामीलाई विश्वास छ कि...
५ असार, काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गर्ने तयारी छ । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित...