Home Blog Page 82
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले एकैपटक १०० जना नर्सका लागि आवेदन माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको जनाएको छ। योग्यता पुगेका इच्छुकले २५ जेठदेखि १ असार बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ।नर्सिङ विषयमा प्रमाणपत्र...
काठमाडौं : नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको २४औँ महाधिवेशन आज शुरु हुँदैछ। जेठ २८ सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका एमालेका केपी शर्मा ओलीले दिउँसो १ बजे त्रिवि स्मृति भवन कीर्तिपुरमा गर्ने कार्यक्रम छ । यो महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। योपटक अनेरास्वविुयमा उमेर हद लागू गरिएको छ। एमालेको सचिवालय बैठकले अखिलमा उमेर हद लागू गर्ने निर्णय गरेसँगै...
धनगढी : अत्तरिया सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो। कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका- १३ मोहनपुरस्थित धनगढी-अत्तरिया सडकमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०१०१२ प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको हो। ​उनका अनुसार स्कुटर अनियन्त्रित...
काठमाडौं : विपक्षी दलहरूको बैठक बसिरहेको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै आएका उनीहरूको बैठक बानेश्वरमा जारी छ। माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका दल सहभागी छन्। नेताहरूका अनुसार संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने...
भक्तपुर । वि.स २०७४ र २०७९ सालको स्थानिय तहको दुबै निर्वाचनमा सूर्यविनायक नगरपालिकामा निर्वाचित मेयर हुन बासुदेव थापा । सोही नगरपालिकाको वडा नं. १० चित्तपोलका स्थायी बासिन्दा थापा नेकपा एमालेको जिल्ला कमिटिका पूर्व उपाध्यक्ष समेत हुन् । समाजसेवी र विकाशप्रेमी छवि बनाएका मेयर थापाको ८ वर्षको कार्यकालमा कही कतै केही विवाद आएन । २०७४ सालमा ७ वटा र २०७९को...
बर्दिया : राजापुरका खुसीराम थारू घरबाट निस्किने क्रममा अरु दिनझैं फोनमा एउटा म्यासेज आउँछः कर्णाली नदीको जल सतह ९ मिटर पुगेकाले कर्णाली तटिय क्षेत्रमा बसोबास गर्ने समुदायहरू सतर्क रहनुहुन अनुरोध छ। पूर्वसूचना कार्यदलका संयोजक खुसीराम तुरुन्तै चिसापानीकी गेज रिडर पार्वती गुरुङलाई फोन गर्छन्। 'हो, नदीको जलस्तर बढ्दैछ, समुदायलाई सतर्क गराउनुहोस्,' उनी फोनमार्फत भन्छिन्।खुसीराम माइक्रोफोन निकाल्छन् र तल्लो कर्णाली तटिय...
काठमाडौं : महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्यांक हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो। ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण...
काठमाडौं : सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला परेको छ। आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले केहीबेरअघि मात्रै सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन्। खोजीमा बिहानैदेखि सप्तरी...
विराटनगर : आजदेखि विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ। देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् विहान १० बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। दुई दिनसम्म चल्ने सम्मेलनका लागि चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हिजै विराटनगर पुगिसकेकी छन्। ...
काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् । उनी भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नंं ७ गुण्डुका बासिन्दा हुन ।नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका...