रुकुमपश्चिम : चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन्। गए राति उनले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं : राष्ट्र बैंकले बुधवार (आज) ६० अर्ब निक्षेप खिच्दैछ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ। अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ। निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न...
भक्तपुर । गएको चैतमा संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नतिजाको काम अन्तिम चरणमा पुगेको र त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।नतिजाको अन्तिम चरणमा रहेको तर प्रकाशित गर्ने निर्णयका लागि बोर्डको बैठकबाट निर्णय गर्ने भएकाले बोर्डको बैठक आज तयारी रहेको छ ।
९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् । अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै...
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटनमन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल उनले अख्तियारको अनुसन्धानबाट निर्दोष प्रमाणित भइसक्दा पनि आफ्नो तस्बिर जोडेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। किरातीले भनेका छन्, ‘पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा र भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। चाइना जियोलोजिकल सर्भेबाट...
धनगढी : धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छन्। डेरा गरेर बस्दै आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी अविवाहित हुन्। घटनाको प्रकृति शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार...
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिएका छन्। आफ्नो निवास खुमलटारमा सोमबार नेपाल शिक्षक महासंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले देशको भविष्यसँग सम्बन्धित पेशा भएकाले शिक्षकका मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उनले सरकारले ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नसकोस् भनेर सदनको अवरोध हटाउने निर्णय गरेको दाबी...
कैलाली : कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ। कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको हो। प्रहरीले नाथको हत्या गरेको अभियोगमा सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर...
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको ८५ तोला सुन सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको न्यु प्रताप नगर जि.टी. रोड अमृतसर –१ पन्जाबका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पुर्वबहियाका ४७ वर्षीय रामबहादुर बि.क.लाई पक्राउ गरिएको हो।असार छ गते...








