Tuesday, October 13, 2026
Home राजनीति मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी

26

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताए। अग्रजहरूले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताए।
मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताए।