Tuesday, June 30, 2026
Home Blog Page 776
काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको साइवर ब्युरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाई महिला तथा नाबालिकालाई अश्लील भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमिज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १ पुगेको छ।बुधबार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार १९४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४...
सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले प्रदेश सरकारअन्तर्गत सञ्चार हुने कुनै पनि कामका लागि बजेट अभाव हुन नदिने बताएका छन्।हुुम्ला जिल्ला आइपुुगेका मुख्यमन्त्री शाहीले जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरूसँगको भटघाट कार्यक्रममा प्रदेशअन्तर्गत दश वटै जिल्लामा स्थापना भएका कार्यालयलाई काम गर्न प्रदेश सरकारबाट बजेट अभाव हुन नदिने बताए।काम मात्र छिटो–छरितो र पारदर्शी रूपमा गर्न उनले कार्यालय...
काठमाडौँ । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा आफूबिरुद्ध लागेका आरोपहरुको सफाइ पेश गरी निस्किएका छन्।उनलाई थप जवाफका लागि बिहीबार ११ बजे फेरि महाअभियोग सिफारिस समितिमा बोलाइएको छ। महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको भन्दै उनले भनेका छन्, ‘महाभियोग स्वतः निष्कृय भइसकेको छ। म...
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको प्रदर्शनीमार्गमा रहेको फन पार्कलाई २४ घन्टाभित्र सबै कर तिर्न चेतावनी दिएको छ।बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिँदै नतिरे फनपार्क शिलबन्दी गरी असुलउपर गरिने चेतावनी दिएको छ।महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘व्यवसाय कर र बहाल...
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ। नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ।आज सबै उपसमूहको सेयर घटेको छ। बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ।बैंकिङ ७, व्यापार २६, होटल तथा पर्यटन ३६, विकास बैंक...
सिमकोट । कांग्रेसको कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले पार्टीको केन्द्रीय कार्यक्रम जनतासँग कांग्रेसको औपचारिक रूपमा शुुभारम्भ गरेका छन्।केन्द्रले खटाएका प्रतिनिधि बिरामीको कारण हुम्ला आउन नसकेपछि त्यसको स्थानमा मुख्यमन्त्री शाही खटिएका थिए।भदौ १० गतेबाट थालिनुुपर्ने काम पाँच दिनपछि हुम्लामा सुुरु भएको छ। सो कार्यक्रमका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा कांग्रेस केन्द्रीय सदस्य कर्ण बुढालाई खटाएकोमा उनी...
काठमाडौँ । काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ।महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो।मंगलबार हरितालिका तीज भएको कारण रोकिएको पाण्डेले...
काठमाडौँ । काठमाडौँको नारायणचौर नक्सालस्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड निरीक्षणका लागि पुगेको काठमाडौँ महानगरपालिकाको टोली कुनै कारबाही बिना फर्किएको छ।नक्साअनुसार अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न महानगरको टोली त्यहाँ पुगेको थियो।वडा कार्यालयका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दाबीसहित नक्सा देखाएको थियो। त्यसपछि महानगरपालिकाको टोली फर्किएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। उनका...
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्। कप्तान चेम्जाेङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहाेस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्।उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। त्यतिबेला किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको थियाे। साेही अवशरमा किरणले कञ्चनसँग विवाहको प्रस्ताव राख्दै...